१२ आश्विन २०८३, सोमबार
28 September 2026,Monday

रेड्मी १२ सी अब छुट मूल्यमा

सोसल सेयर

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अंग्रेजीे नयाँ वर्षको उत्सवमा थप खुशी थप्न आफ्नो लोकप्रिय स्मार्टफोन रेड्मी १२ सीको मूल्य घटाएको छ ।

आफ्ना उपभोक्ताहरुलाई सुपथ मूल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्धेश्यले रेड्मी १२ सी मा अफर स्वरुप मुल्य घटाएको शाओमीले जनाएको छ ।

यसबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भन्नुभयो, ‘अंग्रेजी नयाँ वर्षको सुरुवात अझै उत्साहपूणर् बनाउनुको लागि रेड्मी १२ सी को मूल्यमा छुट प्रदान गर्न पाउँदा खुसी छौं र हामी विश्वस्त छौं कि रेड्मी १२ सीको प्रभावशाली सुविधाहरू र कार्यसम्पादनका साथ ग्राहकको अपेक्षाहरू पूरा गरिरहनेछ ।’

मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा संचालित रेड्मी १२ सी ले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ । रेड्मी १२ सी मा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ जसले धेरै डिटेल्सका साथ फोटो खिच्न सक्दछ र यसले प्रयोगकर्ताहरूलाई कुनै जस्तो सुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्छ ।

मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ठूलो ५,००० यमएच ब्याट्रीको साथमा ठूलो ६.७१’ याच डी+ डिस्प्ले रहेको छ । फोनको फिंगरप्रिन्ट सेन्सरले तपाईंको डाटा २४/७ सुरक्षित छ भनी सुनिश्चित गर्दछ ।

उपलब्धता
रेड्मी १२ सी म्याट ब्ल्याक, रोयल ब्लु र मिन्ट ग्रीन गरी तीन रंगहरूमा उपलब्ध छ । यो ४ जीबी+६४ जीबी र ६जीबी+१२८ जीबी गरि दुई भेरियन्टमा उपलब्ध छ ।

रेडमी १२ सी ४+६४ जीबी -वास्तविक मूल्य रु १४,४९९ र छुट मूल्य रु १२,९९९ रहेको छ । रेडमी १२ सी ६+१२८ जीबी -वास्तविक मूल्य रु १६,९९९ र छुट मूल्य रु १५,९९९ रहेको छ । रेडमी १२ सी देशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्रा विक्रेताहरू र इ-कमर्स प्लेटफर्महरूमा उपलब्ध छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस