१९ जेष्ठ २०८३, मंगलवार
2 June 2026,Tuesday

आज राति आकाशमा देख्न सकिनेछ ‘भूतप’ उल्का वर्षा

सोसल सेयर

आज राति आकाशमा ‘भूतप’ उल्का वर्षा हुने भएको छ।

सन् २०२४ कै पहिलो उल्का वर्षा बिहीबारदेखि शुक्रबार सूर्योदय हुनुअघिसम्म देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।

बिहीबार दिउँसोदेखि नै उल्का वर्षा सक्रिय हुने भएपछि राति साढे ११ बजेदेखि शुक्रबार बिहान सूर्योदयअघिसम्म हेर्न सकिने उनले बताए।

‘उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा नाम दिइएको छ,’ भट्टराईले भने, ‘अत्यधिक उल्का वर्षा हुँदा नांगो आँखाले पनि हेर्न सकिन्छ।’

उनका अनुसार अत्यधिक सक्रिय रहने समयमा प्रतिघण्टा ५० देखि १२० वटासम्म उल्का वर्षा हुने अनुमान गरिएको छ।

‘पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्छन्,’ उनले भने, ‘यसैलाई हामी उल्का वर्षा भन्छौं। उल्का वर्षालाई नेपालीहरूले तारा खसेको भन्छन्।’

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*