हेटौडा अस्पतालका डाक्टरद्वारा सामूहिक राजीनामा, आकस्मिक बाहेकका सबै सेवा ठप्प
- २९ भाद्र, २०८०
- समाचार
- Nepal Updates
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सन्चो अस्पतालमा कार्यरत दुइ जना डाक्टरहरुलाई कुटपिट गरेपछी हेटौंडा अस्पताल सहित मकवानपुरका निजी र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प गरेका छन् ।
हेटौंडा अस्पतालका ७८ जना डाक्टरले सामुहिक राजिनामा दिएका छन् । डाक्टर कुटपिट गर्नेलाई कारबाही नगरेसम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प गर्ने उनीहरुले बताएका छन् ।
हेटौंडा अस्पतालमा प्रत्येक दिन १५ सय जना भन्दा धेरै बिरामीले ओपीडीबाट सेवा लिदै आएका छन् । आजबाट ओपिडी सेवा बन्द भएपछी बिरामीहरु मर्कामा परेका छन् । हेटौंडा अस्पतालमा कार्यरत ७८ जना डाक्टरहरुले सामुहिक रुपमा राजिनामा दिएका छन् ।