१३ श्रावण २०८३, बुधबार
29 July 2026,Wednesday

लामो समयदेखि रोकीएको आइपीओ अब केही दिनमा नै खुला हुने

सोसल सेयर

लामो समयदेखि रोकीएको साधारण सेयर (आइपीओ) अब केही दिनमा नै खुला हुने भएको छ ।

अर्थमन्त्री बर्षमान पुनको निर्देशन लगत्तै नेपाल धितोपत्र बोर्डले प्रकृया पुगेका कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिने भएको छ । बोर्डका निमित्त अध्यक्ष तथा कार्यकारी निर्देशक डा. नवराज अधिकारी अबको केही दिनबाट आवश्यक कागजात पुरा गरेका कम्पनीलाई सन्चालक बोर्डले पास गरेपछी सेयर निष्कासन गर्न दिने बताउँछन् ।

केही दिनअघी अर्थमन्त्री बर्षमान पुनले आईपीओ निष्कासन प्रकृया अघी बढाउन निर्देशन दिएको र त्यही अनुसार काम अघी बढाएको उनको भनाइ छ । अर्को साताबाट आवश्यक प्रकृया अघी बढ्ने उनको भनाइ छ । अर्थमन्त्री पुनले बोर्डको पाइपलाइनमा रहेका कम्पनीलाई स्वीकृति दिन निर्देशन दिएका छन् । अहिले ३५ वटा कम्पनी आईपीओ निष्काशनको प्रकृयामा रहेका छन् । बोर्डको पाइपलाइनमा रहेका अधिकांश कम्पनी जलविद्युत क्षेत्रका रहेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*