१२ आश्विन २०८३, सोमबार
28 September 2026,Monday

आयरल्यान्ड ‘ए’ का लागि ओपनर ब्याट्सम्यान लोकेश बमले शतक बनाए

सोसल सेयर

पहिलो टी–२० क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले दिएको दुई सय २३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाल ‘ए’ का लागि ओपनर ब्याट्सम्यान लोकेश बमले शतक बनाएका छन् । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका लोकेशले ५२ बलमा आफ्नो शतक पुरा गरेका हुन् ।

यसक्रममा उनले आठ छक्का र आठ चौका हिर्काएका थिए । उनलाई गतिलो साथ दिइरहेका आरिफ शेख ४५ रन बनाउँदै क्रिजमा छन् । नेपाललाई जितका लागि २९ बलमा ४० रन चाहिएको छ ।
← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस