१९ जेष्ठ २०८३, मंगलवार
2 June 2026,Tuesday

शुक्रबारदेखि फिल्म ‘महाजात्रा’ प्रदर्शनमा

सोसल सेयर

शुक्रबारदेखि फिल्म ‘महाजात्रा’ प्रदर्शनमा आएको छ। प्रदीप भट्टराईको लेखन एवं निर्देशनमा बनेको फिल्म नेपालसहित विभिन्न ४० देशमा एकसाथ प्रदर्शनमा आएको हो।

यो सफल फिल्म ‘जात्रा’ को तेस्रो शृंखला हो। फिल्ममा हरिवंश आचार्य, विपीन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारको अभिनय छ।

आपतकालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्याको रोचक कथा फिल्मले प्रस्तुत गर्छ। षट्कोण आर्टसले निर्माण गरेको यस फिल्मको निर्माता म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल तथा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन्। प्रिमियरमा प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्मलाई देशभरका फिल्म हलले उच्च शो दिएका छन्।

यसैबीच पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फिल्मलाई शुभकामना दिएका छन्।

सामाजिक सञ्जालमार्फत आफूलाई मनपर्ने कलाकार हरिवंश आचार्य अभिनित फिल्म भन्दै ओलीले शुभकामना दिएका हुन्। समय मिलेमा आफूले पनि फिल्म हेर्ने ओलीले बताएका छन्।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*