१४ श्रावण २०८३, बिहीबार
30 July 2026,Thursday

विनोद चौधरीसँग विहानै सिआइबीले लियो बयान

सोसल सेयर

उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी उपस्थित भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) स्रोतका अनुसार सांसद चौधरी बयानका लागि सरकारी वकिलको कार्यालयमा आज विहान उपस्थित भएका हुन् । सिआइबीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा निजी बनाएको प्रकरणमा सांसद चौधरीमाथि छानबिन गरिरहेको छ ।

यसअघि बुधबार सिआइबीले सांसद चौधरीमाथि छानबिन भइरहेको भन्दै सभामुख घिमिरेलाई जानकारी गराउदै पत्र संसद सचिवालयमा पत्र दर्ता गराएको थियो । काठमाडौंको बाँसबारीमा रहेको १० रोपनी सरकारी जग्गाको कागजात कीर्ते गरी निजी बनाएको भन्दै सिआइबीले छानबिन गरिरहेको छ । गत सोमबार बाँसबारी जग्गा प्रकरण बारे चौधरीले संसदमा बोल्दै सरकारले गरेको निर्णय अनुसार आफुहरुले सो जग्गा लिएको दाबी गरेका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*