१३ श्रावण २०८३, बुधबार
29 July 2026,Wednesday

ट्रम्पको कारण फेसबुककालाई एकैदिन १० खर्ब बढीको घाटा

सोसल सेयर

विश्वको सबैभन्दा ठूलो सामाजिक मिडिया कम्पनी फेसबुकको मूल फर्म मेटा प्लेटफर्मको सेयरमा सोमबार भारी गिरावट आएको छ । यसको कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बयान थियो । राष्ट्रपतिको चुनाव लडिरहेका ट्रम्पले फेसबुकलाई जनताको शत्रु भनेका छन् । जसका कारण मेटा प्लेटफर्मको शेयर करिब ४.४२ प्रतिशतले घटेको छ ।

यस गिरावटका कारण कम्पनीका संस्थापक तथा सीईओ मार्क जुकरबर्गको नेटवर्थमा पनि ठूलो गिरावट आएको छ । ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार सोमबार जुकरबर्गको कुल सम्पत्ति ७.८५ बिलियन डलर अर्थात् करिब १० खर्ब ४० अर्ब रुपैयाँले घटेको छ । जुकरबर्ग विश्वका चौथो धनी व्यक्ति हुन् जसको कुल सम्पत्ति १७४ बिलियन डलर छ । यो वर्ष उनको कुल सम्पत्ति सबैभन्दा बढी ४५.६ बिलियन डलरले बढेको छ ।

जनवरी २०२१ मा ट्रम्प चुनाव हारेपछि क्यापिटलमा हिंसा भड्किएपछि फेसबुकले ट्रम्पमाथि दुई वर्ष प्रतिबन्ध लगाएको थियो । फेसबुकले फेब्रुअरी २०२३ मा ट्रम्पको फेसबुक र इन्स्टाग्राम खाताहरू पुर्नस्थापित ग¥यो । ट्रम्पले एक अन्तर्वार्तामा भने, ‘मलाई लाग्छ फेसबुक इमान्दार छैन । मलाई लाग्छ फेसबुक देशको लागि धेरै खराब छ, विशेष गरी चुनावमा यसको भूमिका शंकास्पद छ । उनको भनाइका कारण सोमबार फेसबुकको सेयर पाँच प्रतिशतले घटेको हो । पछि त्यसमा केही सुधार भयो । यस गिरावटको कारण, मेटाको बजार पूंजी पनि १.२३२ ट्रिलियन डलरमा रह्यो । यो विश्वको सातौं सबैभन्दा मूल्यवान कम्पनी हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*