१२ आश्विन २०८३, सोमबार
28 September 2026,Monday

हङकङमा त्रिकोणात्मक टी-२० आइ सिरिज आजदेखि सुरू

सोसल सेयर

त्रिकोणात्मक टी-२० आइ सिरिज आजदेखि सुरू हुँदैछ।

हङकङमा हुने सिरिजको पहिलो खेल आज नेपाल र घरेलु टोली हङकङबीच हुँदैछ। खेल नेपाली समयअनुसार आज बिहान सवा ११ बजेदेखि सुरू हुनेछ। सिरिजअघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो। शनिबार भएको उक्त खेलमा नेपाल ७३ रनले पराजित भएको थियो।

सिरिजका लागि दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामीलाई टिममा समावेश गरिएको छैन। रोहित कुमार पौडेलको कप्तानीमा कुशल भुर्तेल, बिनोद भण्डारी, गुल्सन झा, आरिफ शेख, विवेक यादव, सन्दिप जोरा, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम आकाश चन्द र अविनाश बोहरा रहेका छन्।

नेपालले मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस