१२ आश्विन २०८३, सोमबार
28 September 2026,Monday

भुक्तानी नभएको बिरोधमा आन्दोलन चर्काउँदै दुग्ध किसान

सोसल सेयर

दुध बिक्री गरेको रकम भुक्तानी नभएको बिरोधमा दुग्ध क्षेत्रका किसानसम्बद्ध विभिन्न संघ संगठन आन्दोलनमा उत्रिएका छन् । उनीहरुले देशका विभिन्न स्थानमा चक्काजाम गर्ने जनाएका छन् ।

केन्द्रीय दुग्ध सहकारी संघका महासचिव रामप्रसाद आचार्यका अनुसार आगामी बिहीबार ललितपुरको चापागाउँ, तनहुँ, मुग्लिनलगायत मुख्य राजमार्गको ३० स्थानमा चक्काजाम गर्ने तयारी भएको हो ।

दुग्ध किसानका विभिन्न संघसंगठनको नेतृत्वमा सो चक्काजाम गरिने आचार्यले जानकारी दिए । आचार्यले दुधको बक्यौता रकम उपलब्ध गराउनुपर्ने माग राख्दै मंगलबार देशभरको जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइएको जानकारी दिए । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी) ले १ अर्ब र निजी क्षेत्रका डेरी उद्योगीहरुले साढे ५ अर्ब रुपैयाँ किसानलाई तिर्न बाँकी छ ।

यसैबीच ललितपुरस्थित जिल्ला प्रशासन कार्यालयमा ११ बुँदे ज्ञापन पत्र बुझाउँदै उक्त कार्यालय अगाडि संघले ८० लिटर दुधसमेत पोखेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस