१४ आश्विन २०८३, बुधबार
30 September 2026,Wednesday

यति ब्रुअरी लिमिटेडले साधारण शेयर निष्कासन गर्दै

सोसल सेयर

यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ विधि मार्फत साधारण शेयर निष्कासन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त शेयर निष्कासन सम्बन्धी सम्झौता पत्रमा यति ब्रुअरी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सञ्जीव सर्राफ र एनआइएमबि एस क्यापिटल लिमिटेडका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् । अटल कम्प्लेक्स उत्तरढोका, लाजिम्पाट, काठमाडौँमा रजिस्टर्ड कार्यालय रहेको यति ब्रुअरी लिमिटेडको ब्रुअरी फ्याक्ट्री खैरहनी नगरपालिका वडा नं. ४ चितवन जिल्लामा अवस्थित छ । यति ब्रुअरी लिमिटेडले हाल अर्ना, यति, वाईबी, शिखरलगायत किंगफिसरजस्ता चर्चित ब्राण्डका बियर बोतल तथा क्यानमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।
← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस