सन्दीप लामिछानेलाई क्यानले गर्यो निलम्बन
- २६ पुष, २०८०
- खेलकुद
- Nepal Updates
नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।
जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा दोषी ठहर गरी ८ वर्ष कैद सजाय तोकेपछि क्यानले उनलाई निलम्बन गरेको हो सन्दीपलाई बलात्कार आरोपमा दोषी ठहर गरी साजय निर्धारण भएको हुनाले आदालतको आदेशको आदेश मान्दै नेपाल क्रिकेट संघ क्यानले घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी दिएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य लामिछानेले यसअघि आफैले क्यानलाई पत्र लेख्दै राष्ट्रिय टिमबाट अलग भएको घोषणा गरिसकेका थिए ।
बलात्कार मुद्दामा दोषी ठहर भएपछि लामिछानेले अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई सम्बोधन गर्दै आफू राष्ट्रिय टिमबाट अलग भएको जानकारी गराएका थिए । आफू निर्दोष रहेको जिकिर गर्दै उनले अब न्याय नपाउँदा सम्म राष्ट्रिय टिमबाट अलग रहने बताएका हुन् ।