१४ श्रावण २०८३, बिहीबार
30 July 2026,Thursday

आर्सनललाई हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा

सोसल सेयर

आर्सनललाई २–० गोल अन्तरले हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।

तेस्रो चरणको खेलअन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलको जितमा  जाकुब किविओर र लुईस डियाजले गोल गरे ।

खेलको सुरुवातमा पाएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा आर्सनलले ठूलो मूल्य चुकाउनु पर्‍यो । पहिलो हाफमा मार्टिन ओडेगार्डको प्रहार पोस्टमा लागेको थियो भने रिस नेल्सनले काई हाभर्टजले पनि गोलको अवसर गुमाएका थिए ।

खेलको ८० औँ मिनेटमा ट्रेन्ट अलेक्सान्डर आर्नोल्डको फ्रिकिकलाई जाकुब किविओरले आफ्नै पोस्टको जाली चुमाएपछि लिभरपुलले खेलमा अग्रता लिएको थियो । इन्जुरी समयमा डिओगो जोटाको पासमा लुइस डियाजले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*