१५ श्रावण २०८३, शुक्रबार
31 July 2026,Friday

अमिताभको फलोइंग लिस्टबाट ऐश्वर्या गायब

सोसल सेयर

बलिउड अभिनेता अमिताभ बच्चनको परिवार आजभोलि दिनहुँ जसो चर्चामा छ । बच्चन परिवारमा सबै कुरा ठिक–ठाक नभएको हल्ला छ । हालै मात्रै सारा परिवार ‘द आर्चिज’को प्रिमियर नाइटमा देखिएका थिए । प्रिमियर नाइटको केही भिडियो बाहिर आएको छ । भिडियोमा जया बच्चन र श्वेता बच्चन नन्दा ऐश्वर्यासँग टाढै बस्न खोजेको देखिन्छ ।

अमिताभ बच्चनको इष्टाग्रामको फलोइंग लिस्टबाट ऐश्वर्या गायब छिन् । बुहारीसँगको सम्बन्ध ठिक नभएकोले उनले ऐश्वर्यलाई अनफलो गरेको चर्चा भइरहँदा अमिताभको एउटा ट्विट भाइरल भइरहेको छ । ट्विटको साथमा उनले निराश, सोचमग्न मुद्राको आफ्नो एउटा श्यामश्वेत फोटो पनि शेयर गरेका थिए । यति बेला फोटोको क्याप्सनलाई धेरैले बच्चन परिवारमा चलिरहेको किचलोसँग जोडेर हेरेका छन् ।
क्याप्सनमा उनले लेखेका छन्, ‘सबै कुरा भनिसक्यो, सबै कुरा गरिसक्यो, जे गर्नु थियो गरिसक्यो, जे गर्‍यो त्यो गर्‍यो गर्‍यो ।’ फ्यानहरू अहिले यो पोस्टको मतलब निकाल्न लागि परेका छन् । केही युजर्सका अनुसार अमिताभको यो पोस्टले ऐश्वर्यासँग उनको असन्तुष्टितर्फ इशारा गरिरहेको छ । तर यो अफवाहबारे अमिताभ वा उनको परिवारका कुनै पनि सदस्यले केही प्रतिक्रिया दिएका छैनन् ।

अमिताभले इन्ष्टाग्रामा जम्मा ७४ जनालाई फलो गरेका छन् । यिनको फलोइङको सूचिमा सलमान खान, अभिषेक बच्चन, कट्रिना कैफ, आलिया भट्ट, दीपिका पादुकोण, विराट कोहली, श्वेता बच्चन नंदा, नव्या नवेली नंदा, प्रियंका चोपडा, तापसी पन्नु, हाना कुमरा, कुणाल खेमु, शिल्पा शेट्टी आदि छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*