१३ श्रावण २०८३, बुधबार
29 July 2026,Wednesday

एसियाली बुद्धिचाल प्रतियोगिता हेटौँडामा हुँदै

सोसल सेयर

हेटौँडामा एसियाली देशहरूको सहभागितामा बुद्धिचाल प्रतियोगिता हुने भएको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा मंसिर १३ गतेदेखि ‘हेटौँडा कप’ एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८० को आयोजना हुने भएको हो ।

मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा ५ दिनसम्म एसियाली राष्ट्रका खेलाडीहरूको सहभागितामा प्रतियोगिता हुने मकवानपुर बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए ।
मंसिर १३ गतेदेखि १७ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंकाका १२० जना खेलाडीले सहभागिता जनाउने उनले बताए । अध्यक्ष श्रेष्ठका अनुसार हालसम्मको अवस्थामा प्रतियोगितामा सहभागिताका लागि १०१ जना खेलाडीको नाम दर्ता भइसकेको र अन्य खेलाडीहरूले पनि नाम दर्ता गर्ने क्रम जारी रहेको छ ।
स्विस नियमअनुसार नौ राउन्डमा हुने प्रतियोगिता ९ चरणमा खेलाइने उनको भनाई छ । प्रतियोगितामा सहभागीताका लागी १० हजार रुपैयाँ रजिस्ट्रेसन शुल्क तोकिएको छ भने प्रतियोगितामा सहभागी खेलाडीहरूका लागी खाने र बस्नेको लगायतको व्यवस्थापन आयोजकले गर्ने उनले बताए ।
प्रतियोगिताको विजेताले एक लाख २५ हजार रुपैयाँ प्राप्त गर्दा दोस्रो स्थानमा रहने खेलाडीले ७५ हजार र तेस्रो स्थानका खेलाडीले ४० हजार रुपैयाँ हात पाउँने छन् । यसैगरी प्रतियोगितामा चौथो हुनेले २५ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले २० हजार रुपैयाँ जित्नेछन् ।

यस्तै छैठौंदेखि दशौं स्थानसम्मका प्रत्येक प्रतियोगिले नगद १५ हजार, एघारौँदेखि पन्ध्रौँसम्मले ११ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् भने प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानीय लगाएत विभिन्न विद्यामा ३८ जनाले नगदसहित पुरस्कार प्राप्त गर्ने महासचिव लामाले बताए ।

प्रतियोगिता आयोजनाका लागि ६१ लाख १२ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने प्रतियोगिता सञ्चालनका लागि हेटौँडा उपमहानगरपालिका, हेटौँडाका केही वडा कार्यालय, प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश र राष्ट्रिय खेलकुद परिषदले आर्थिक सहयोग उपलब्ध गराएको उनले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*