१९ जेष्ठ २०८३, मंगलवार
2 June 2026,Tuesday

रोजगारीका लागि दुबई पठाउँछु भनेर ठगेको आरोपमा एक जना पक्राउ

सोसल सेयर

रोजगारीका लागि दुबई पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको विश्रामपुर घर भएर काठमाडौँ बस्ने मोहम्मद शेख इरफान सिद्धिकी छन् ।

३४ वर्षीय मोहम्मद शेख लाई काठमाडौँको नागार्जुनबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले  बताए । मोहम्मद शेखले सूर्य बहादुर कार्कीलाई दुबई पठाउँछु भनेर १ लाख ५० हजार लिएपछि सम्पर्कविहीन भएका थिए । दुबईमा सेक्युरिटी गार्डमा काम लगाइदिने र त्यसबापत ५० हजार तलब हुन्छ भनेर मोहम्मद शेखले आश्वासन दिएका थिए । आरोपितलाई कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*