१५ श्रावण २०८३, शुक्रबार
31 July 2026,Friday

प्रतिकित्ता ५० रुपैयाँमा आईपीओ निष्काशन गर्दै हाथवे इन्भेष्टमेन्ट, कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणका लागि भदौ २१ गतेदेखि आईपीओ निष्काशन गर्यो । प्रतिकित्ता ५० रुपैयाँका दरले आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२।५० प्रतिशतका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । कुल निष्काशनको २ प्रतिशत अर्थात् ५८ हजार ५०० कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १ लाख ४६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी २४ लाख २७ हजार ७५० कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा न्यूनतम २० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० अंकको गुणाङ्कमा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । सर्वसाधारण लगानीकर्ताले यस आईपीओमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनी परिचय
हाथवे इन्भेष्टमेन्ट नेपाल, नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा २०६५ चैत १४ गते दर्ता भई सोही मितिदेखि आफ्नो कारोबार सञ्चालन गर्दै आएको कमम्पनी हो । कम्पनीले नेपालको पूँजी बजार र लगानीका अन्य क्षेत्रहरुमा लगानी गर्दै आएको छ । यस कम्पनीले पुँजी बजारको अतिरीक्त जलविद्युत, रियल इस्टेट, आर्थिक, पर्यटन र स्वः पूँजीको क्षेत्रमा आफ्ना लगानीलाई विस्तार र विविधिकरण गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्याउँदै आएको छ । यस कम्पनीको आइएमई ग्रुपका हेमराज ढकाल, लगानीकर्ता अम्बिका प्रसाद पौडेल, प्रभु क्यापिटल लगायत अन्य ख्याती प्राप्त युवा व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट, अन्य प्रोफेसनलका लगानी रहेको छ ।

वित्तीय अवस्थाः
आइपिओ निष्काशन पश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब १७ करोड लाख पुग्नेछ । हाल कम्पनीको पुँजी १ अर्ब २ करोड रहेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८–७९मा १९ करोड ५७ लाख खुद नाफा आर्जन गरेको छ । उक्त वर्ष शेयरमा लागनी १ अर्ब ८६ करोड रहेको छ भने अन्य वित्तीय सम्पति २८ करोड ८२ लाख रहेको छ ।

कम्पनीको आर्थिक वर्ष २०७८–७९ अनुसार प्रति शेयर आम्दानी ९.५६ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ९५.०९ रुपैयाँ रहेको छ । यस कम्पनीको अंकित मुल्य ५० रुपैयाँ रहेको छ ।

आइपिओबाट प्राप्त पूँजीको प्रयोग
कम्पनीले निष्काशनबाट प्राप्त रकमलाई निम्न अनुसार लगानी गर्ने लक्ष्य रहेको छ ।

  • जलविद्युत उत्पादन, प्रसारण तथा वितरण गर्ने कम्पनीहरुमा लगानी-  ६ करोड,
  • कम्पनीले आर्थिक पूर्वाधार, यातायात तथा सञ्चारसँग सम्बन्धित संगठित संस्थाको संस्थापक शेयरमा लगानी- ८ करोड ६२ लाख ५० हजार

आईपीओ सुचिकरण रेन्ज
पहिलो करोबारको लागि नेप्सेले यस कम्पनीको आइपिओलाई ९५.०९ देखि २८५.२७ रुयैयाँको ओपनिङ्ग रेञ्ज तोक्नेछ । नेप्सेले सुचिकरण रेञ्ज नेटवर्थको अधिकतम तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*