१४ आश्विन २०८३, बुधबार
30 September 2026,Wednesday

जपानबाट सोह्र लाख एस्ट्राजेनेका खोप आउँदै

सोसल सेयर

जपानबाट सोह्र लाख एस्ट्राजेनेका खोप आउँदै
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीट गर्दै दुई चरणमा साउन २३ र २४ गते उक्त खोप नेपाल आइपुग्ने जानकारी दिएका हुन् ।
जापानले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको १६ लाख एस्ट्राजेनेका खोप साउन २३ र २४ गते काठमाडौं आइपुग्ने भएको छ ।
यो खोप कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका साढे १३ लाख जेष्ठ नागरिकलाई लगाइने बताइएको छ । सरकारले अक्सफोर्ड अस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोप साढे १३ लाख जेष्ठ नागरिकलाई गत चैतमा नै लगाइसकिएको छ ।
दोस्रो मात्रा १२ सातामा लगाउनुपर्ने भएपनि भारत खरीदको खोप उपलब्ध नगराउँदा उनीहरुलाई एस्ट्राजेनेका खोप लगाउने निर्णय यस अघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिसकेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस