१५ श्रावण २०८३, शुक्रबार
31 July 2026,Friday

सदरमुकाम चैनपुर जोड्ने सडक बाहुली खोलाले बगायो

सोसल सेयर

गए राति बाहुली खोलामा आएको बाढीका कारण सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडकखण्ड अवरुद्ध भएको छ । सदरमुकामबाट सुर्मा गाउँपालिकालाई जोड्ने उक्त सडकखण्ड बाहुलीखोलामा आएको बाढीले बगाएपछि अवरुद्ध बनेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल चौधरीका अनुसार प्रहरी टोली पहिरो गएको स्थानमा गएको र अहिले टोली सोही ठाउँमा नपुगेका कारण क्षतिको विवरण आउन बाँकी छ ।

वर्षायाम भएकाले जिल्लाका दर्जनौँ गाउँ पहिराको उच्च जोखिममा रहेकाले सबैलाई सतर्क रहनसमेत चौधरीले आग्रह गरे । सोही पहिराका कारण सुर्मा–२ को सेनडोगडी विद्युत् प्रालिको पावरहाउस पनि जोखिममा छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*