पाँचवर्ष मुनीका बच्चालाई चिसोबाट यसरी जोगाउन सकिन्छ
- १ पुष, २०८०
- समाचार
- Nepal Updates
जाडो बढेसँगै साना बच्चाहरुलाई चिसो लाग्ने जोखिम धेरै हुन्छ । बच्चाहरुलाई रुघाखोकी समस्याले सताउन सक्छ । अझ पाँचवर्ष मुनीका बच्चाहरु धेरै प्रभावित हुनसक्छन् । रेस्पिरेटरी भाईरस, इन्फ्यूएन्जा भाइरस चिसोमा बढी सक्रिय हुने गर्दछन् । चिसोमा यहि कारणले रुघाखोकीले बच्चाहरुलाई सताउँछ ।
चिसोबाट बच्चालाई कसरी जोगाउने ?
१) न्यानो कपडा (टोपि , मोजा , पन्जा , बाक्लो कपडा ) लगाइ न्यानो पारेर राख्ने ।
२) परिवारमा कसैलाई रुघाखोकी लागेको भए बच्चाको छेउछाउ नजाने , जानै परे मास्कको प्रयोग गर्ने ।
३) बाहिरबाट आउँदा साबुन पानीले हात धुने अनि मात्र बच्चालाई समाउने ।
४) कोठाको तापक्रम २८ देखि ३०ं डिग्रीसम्म बनाउने ।
५) तोरीको तेलको सट्टा न्यानो लुगा लगाईदिने ।
६) उमेर अनुसार सरकारले बच्चाहरुलाई दिने खोप लगायत थप फ्लु भाइरसको खोप लगाउने ।
डाक्टर गिरीले बच्चालाई चिसोमा रुघाखोकीबाट जोगाउन सक्दा निमोनियाको जोखिम कम हुने बताएका छन् । चिकित्सकको परामर्शबाट कुनैपनि औषधी बच्चालाई सेवन गराउन मिल्ने बताइन्छ ।