१३ आश्विन २०८३, मंगलवार
29 September 2026,Tuesday

अर्थमन्त्रीको निर्देशनपछि दुग्ध किसानको बक्यौता भुक्तानी गर्दै जाने

सोसल सेयर

अर्थमन्त्री वर्षमान पुनले दुग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल उपलब्ध गराउन भनेका छन्।

पुनले शुक्रबार सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्।  त्यसअघि मन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव डा. गोविन्द्रप्रसाद शर्मा र पशुपंक्षी विकास सचिव डा. रेवतीरमण पौडेलसँग छलफल गरेका थिए।

भुक्तानी नपाएको भन्दै केही महिनायता दुग्ध किसान आन्दोलित छन्। किसानलाई भुक्तानीका लागि दुग्ध विकास संस्थान (डिडिसी) ले अर्थ मन्त्रालयसँग रकम माग गरेको थियो। तर, अर्थले रकम अभावको कारण देखाउँदै भुक्तानी दिएको थिएन।

मन्त्रालयको नेतृत्व सम्हालेको केही दिनमै अर्थमन्त्री पुनले किसानलाई भुक्तानी दिने प्रक्रिया अघि बढाएका हुन्। मन्त्री पुनले बजेट समर्पणका लागि शुक्रबारै पत्राचार गर्न कृषिमन्त्री र सचिवहरूलाई भनेका छन्। मन्त्रीबाट स्पष्ट निर्देशन आएको र मन्त्रालयले क्रमशः दुग्ध किसानको बक्यौता भुक्तानी गर्दै जाने सचिव डा. घिमिरेले जानकारी दिए।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस